२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

सुर्खेतमा आन्दोलनरत् वादी समुदायमाथि लाठी प्रहार

खेतीयोग्य जमिनको माग गर्दै धर्नामा बसेका वादी समुदायमाथि लाठी प्रहार भएको छ।

आइतबार दिउँसो १ बजे प्रहरीले उनीहरूमाथि लाठी प्रहार गरेको आन्दोलनरत पक्षले बताएका छन्।

शनिबारसम्म शान्तिपूर्ण रूपमा धर्नामा बसेका वादी समुदायले आइतबार नाराजुलुससहित आन्दोलन गरेका थिए। नाराजुलुस गर्दै अगाडि बढ्ने क्रममा आफूहरूमाथि प्रहरीले लाठी प्रहार गरेको आन्दोलनका अगुवा हिक्मत वादीले बताए।

प्रहरीको लाठी प्रहारबाट हिक्मत वादी, जानकी वादी, गगन वादी, करण वादी र मानकुमारी वादी सामान्य घाइते भएका छन्।

घरसहितको खेतीयोग्य जमिन माग गर्दै सात दिनदेखि दैलेख, कालिकोट र सुर्खेतका ४०० बढी वादी समुदायका मानिस कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन्।

उनीहरूले सरकारले आफूहरूलाई जग्गा उपलब्ध नगराए धर्ना जारी राख्ने चेतावनी दिएका छन्।