२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन्।

आइतबार गृहजिल्ला झापाका विभिन्न कार्यक्रममा सहभागी भएका ओली आज पोखरा जान लागेका हुन्।

पोखरामा प्रधानमन्त्री ओलीले नेकपाको आफ्नो समूहका प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।

यस्तै ओलीले गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको पनि शिलान्यास गर्ने छन्।

पोखराबाट आजै काठमाडौँ फर्कने ओलीको मंगलबार फेरि झापा जाने कार्यक्रम तय छ।