२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

ब्राउन सुगरसहित पक्राउ परेकी महिलालाई म्याद थपका लागि घोराही पठाइयो

घरमै राखेको स्कुटरमा ब्राउन सुगर बरामद भएपछि पक्राउ परेकी ४२ वर्षीया तुलसा पोखरेललाई प्रहरी म्याद थपका लागि घोराही पठाएको छ।

आइतबार दिउँसो पक्राउपछि इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा उनलाई प्रहरीले राखेको थियो।

म्याद थपका लागि सोमबार बिहान सवा ११ बजेतिर पोखरेललाई घोराही पठाइएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिवहादुर सिंहले जानकारी दिए।

पोखरेलले म्याद थपका लागि घोराही जान नमानेको तथा रोइकराई गरेको डिएसपी सिंहले बताए। तुलसाले आफूलाई फसाइएको भनेर गर्दै आएको दाबी सही वा गलत के हुन् थप अनुसन्धानबाट मात्रै खुल्न सक्ने डिएसपी सिंहले बताए।

पक्राउ परेकी तुलसाविरूद्ध प्रहरीले लागु औषधसम्बन्धी मुद्दा चलाएर अनुसन्धान सुरू गरिने जनाएको छ।

तुलसा उच्च अदालत सुर्खेतको जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी कान्छी श्रीमती हुन्।