२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

राप्तीमा २३ गतेदेखी ५५ वर्ष माथिका नागरिकलाई कोरोना खोप लगाईदै

राप्ती गाउँपालिकामा ५५ वर्ष माथिका नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाईने भएको छ ।

आगामि फागुन २३ गतेदेखी चैत्र २ गतेसम्म ५५ वर्ष माथिका नागरिक र सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरुलाई खोप लगाउन थालिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण रावतले जानकारी दिनु भएको छ ।

नेपालमा फागुन २३ गतेदेखि सुरु हुने दोस्रो चरणको कोभिड खोप अभियानमा ५५ वर्षमाथिका नागरिकलाई पनि संलग्न गराउने योजना सरकारले बनाए बमोजिम राप्ती गाउँपलिकाको तयारीका लागि बैठक समेत बसेको छ । बैठकले सम्पुर्ण ५५ वर्ष माथिका नागरिक नछुट्ने गरि समन्वय गर्न वडा अध्यक्षहरुको संयोजकत्वमा वडा समन्वय समिति समेत गठन गरिएको छ ।

आवश्यक कोभिड खोप अहिले नियमित खोप कार्यक्रम सञ्चालन हुने गरेका खोप केन्द्र तथा गाउँको टोल पाएक पर्ने ठाउँमा पुराउने योजना अनुसार स्थान र मिति समेत तय गरिएको छ ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको छलफलमा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, निमित्त प्रमुख प्रशासकिय अधिकृत महेश अधिकारी, स्वास्थ्य स्वंय सेविका संयोजक, स्वास्थ्य ईकाई प्रमुख, ९ वटै वडा अध्यक्षहरु तथा शाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।

भारतको सेरम इन्स्टिच्युटको कोभिसिल्ड खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, जनप्रतिनिधिलाई लमही अस्पतालमा खोप लगाईएको थियो भने, अबखोप केन्द्रमै पुगेर ५५ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाईदैछ ।