२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

दाङका प्रमुख जिल्ला अधिकारी आचार्यको बिदाई

तुलसीपुर उद्योग बाणिज्य संघले दाङबाट सरुवा भई जान लागेका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको बिदाई गरेको छ ।

उद्योग बाणिज्य सघं सहितका सामाजिक सघं संस्थाहरुको संयुक्तरुपमा आयोजना गरिएको सोमबार बिदाई गरेको हो । बिदाई कार्यक्रममा बोल्ने बक्ताहरुले प्रजिअको कार्यशैलि र क्षमताको प्रशसां गरेका थिए ।

उनिहरुले जिल्लामा प्रजिअ आचार्यले थालेका पहलहरुको निरन्तरता दिनुपर्ने समेत सुझाब दिएका थिए । कार्यक्रममा बोल्दै प्रजिअ जयनारायण आचार्यले आफु जिल्लामा रहदा सम्म सहयोग गर्नुहुने सबैलाई धन्यबाद ज्ञापन गरे । उनले जिल्लाबासीले देखाएको माया, सदभाव र समन्वय प्रति आभार प्रकट गरे ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबबहादुर सिंह, निवर्तमान अध्यक्ष बिरबहादुर रावत, पुर्वअध्यक्ष बिमल रिजाल, सल्लाहकारहरु अनुपकुमार श्रेष्ठ, मिनराज वली, प्रेस सल्लाहकार शरद रेग्मी, रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष देवबहादुर केसी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।