२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

फाइल तस्वीर ।

कञ्चनपुरका बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक २५ वर्षीय दिनेश दमाई र पछाडि बसेका २० वर्षीय प्रकाश दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्लाफाँटा नगरपालिका(११ कलुवापुरमा सोमबार बेलुका पूर्वबाट पश्चिमतर्फ गइरहेको ना६ख १७६४ नम्बरको बस र म३प १४८० नम्बरको मोटरसाइकल ठोकिएका हुन्।

दुर्घटनामा घाइते भएका दुबैलाई उपचारको लागि महाकाली अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए।

बस र त्यसका चालक बेदकोट नगरपालिका(५ का २९ वर्षीय माधवसिंह गडाललाई प्रहरीले नियन्त्रणमा लिइएको कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।