२०८१ माघ २५ गते शुक्रवार
२०८१ माघ २५ गते शुक्रवार

कोहलपुरमा बसको ठक्करबाट एकको मृत्यु, २ जना घाइते

कोहलपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका ३ किरणनाला नजिकै भे१ख २२३९ नम्बरको बसले ठक्कर दिदा सोही ठाँउका २५ वर्षिय बिरेन्द्र शाहीको मृत्यु भएको हो ।

भे१०प ५६१ नम्बरको मोटरसाईकलमा सवार शाहीलाई बसले ठक्कर दिएको थियो । शाहीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको बस र पश्चिमबाट पूर्व आउँदै गरेको मोटरसाइक एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा अन्य २ जना घाईते भएका छन ।

तिब्र गतिमा रहेको बसले मोटरसाईकलसँगै पैदलयात्री र साईकलमा सवार ब्यक्तिलाई समेत ठक्कर दिएको थियो ।

ठक्करबाट साईकलमा सवार बैजनाथ गाँउपालिका २ का २१ वर्षिय प्रदिप आचार्य र कोहलपुर नगरपालिका ३ का पैदलयात्री १९ वर्षिय प्रकाश महतरा घाईते भएका हुन । घाईतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना गराउने बस र त्यसको चालकलाई नियन्त्रणमा लिईसकिएको प्रहरीले जनाएको छ ।