२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

विप्लवसँग वार्ता गर्न गृहमन्त्री बादल नेतृत्वको वार्ता टोली गठन

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपालाई फुकुवा गर्ने तयारी थालेको छ।

सो पार्टीसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा (बादल) नेतृत्वमा वार्ता टोली गठन गरिएको हो।

वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन्‌। सरकारका प्रवक्ता पार्वत गुरुङले एक विज्ञप्ती जारी गर्दै सो जानकारी दिएका हुन्।

सरकारले विप्लवमाथि २०७५ साल फागुन २८ गते प्रतिवन्ध लगाएको थियो।