२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

नमूना बस्तीको प्रधानमन्त्री ओली द्धारा उदघाटन

तस्वीर : थाहा खवर

झापाको बिर्तामोडमा निर्माण गरिएको प्रदेश गौरव भिलेज (नमूना बस्ती) को प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन्।

बिर्तामोड नगरपालिका, ह्याविट्याट नेपाल र सहारा नेपालको साझेदारीमा निर्माण गरिएका ३७ वटा आवासलाई प्रधानमन्त्री ओली उदघाटन गर्दै हस्तान्तरण गरेका हुन्। उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार विकासको काममा जुटेको बताए। आवास नभएका जनताका लागि सरकार यस्तै नमूना बस्ती बनाएर हस्तान्तरण गरिरहेको बताउँदै ओलीले भने,‘फुस र खरका छानाहरू विस्थापित गरि टिनको छाना लगाउने योजनामा सरकार छ।’

त्यसका लागि सरकारले बजेट निकासी गर्छ। स्थानीय सरकारले समन्वय गर्नुपर्यो। हर्चना टुनटुनवारी नमूना आवास निर्माण उपभोक्ता समितिले २०७६ पुस देखि २०७७ मंसिरभित्र ३७ वटा आवास निर्माण गरेको निर्माण समितिका अध्यक्ष युवराज गौतमले जानकारी दिए।

बिर्तामोड नगरपालिका–८ स्थित पुरानो बाटो र अरूको जग्गामा आश्रय लिएर बसेका ३७ परिवारका लागि शौचालयसहित बनेको प्रति घर चार लाख रुपैयाँ लागतमा बनेको जनाइएको छ। जम्मा एक करोड ४० लाख लागतमा निर्माण भएको घरमा बिर्तामोड नगरपालिकाले ७० लाख र ह्याविट्याट नेपालको ७० लाख आर्थिक सहयोगलाई सहारा नेपालले परिचालन गरेको थियो।

एउटा घरमा तीन वटा कोठा र एउटा बरन्डा रहेको छ। विपन्नको आवास निर्माणका लागि भद्रपुर–८ निवासी धनजुजु श्रेष्ठ, राधादेवी श्रेष्ठ र कमला देवी श्रेष्ठले करिब १ विघाह ३ कट्ठा जमिन निःशुल्क प्रदान गरेका थिए। निर्माण गरिएका आवासमा धिमाल, सन्थाल र चौधरी समुदायले पक्की घर पाएपछि विपन्नहरूमा खुसीयाली छाएको छ।