२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

अनलाइनबाटै २ लाख बढी क्रियाशील सदस्यको नामावली अपडेट

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणलाई तीब्रता दिएको छ।

वितरण गरिएका क्रियाशील सदस्यको विवरण केन्द्रमा अद्यावधिक गर्ने काम अनलाइनबाटै भइरहेको छ।

७७ मध्ये ४८ जिल्लाका क्रियाशील सदस्यको विवरण अपडेट भइरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

१६५ संघीय निर्वाचन क्षेत्रसहित देशका २०७ ठाउँबाट क्रियाशील सदस्यको विवरण अनलाइनबाटै अपडेट गर्ने काम जारी रहेको उनले बताए। मुख्यसचिव पौडेलका अनुसार अहिलेसम्म २ लाखभन्दा बढी क्रियाशील सदस्यको नामावली अनलाइनबाटै अपडेट गरिसकिएको छ।

कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने बताएको छ। यस्तै असारदेखि नै वडा तहमा अधिवेशन सुरू गर्ने कार्यतालिका यसअघि नै प्रकाशित भइसकेको छ।