२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

स्थानीय आर्थिक विकास समितिको सदस्यमा रावत मनोनित

तुलसीपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष वीर बहादुर रावत (विरु) नेपाल उद्योग वाणिज्य महासंघको स्थानीय आर्थिक विकास समितिको सदस्यमा मनोनित भएका छन् ।

महासंघका कार्यकारिणी समिति सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानीय आर्थिक विकास समितिको सदस्यमा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रावत मनोनित भएका हुन् ।