२०७९ मङ्सिर ७ गते बुधवार
२०७९ मङ्सिर ७ गते बुधवार

आहा तुलसीपुरको सरसफाई कार्यक्रम

आहा तुलसीपुर अभियानको नेतृत्वमा तुलसीपुरको घोराही रोड विधुत प्राविधिकरण केन्द्र वरपर सरसफाई गरिएको छ ।

विधुत प्राविधिकरण केन्द्र वरपर अध्याधिक पात पतिङगर तथा फोहरमैला बढेपछि सरसफाई गरिएको आहा तुलसीपुर अभियानका संयोजक दिपक काफ्लेले जानकारी दिनुभयो ।

तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सामाजिक अभियान्ता बिमल रिजालको विशेष उपस्थिति, तुलसीपुर उपमहानगर बाताबरण शाखाका खेम पाण्डेकोे उपस्थितिमा फोहोरमैला सरफाई गरिएको हो । तुलसीपुरका विभिन्न स्थानमा सरसफाई गर्दै आएको आहा तुलसीपुर अभियानले आज सो स्थानमा सरसफाई गरेको हो ।

आहा तुलसीपुर अभियानले सामाजिक तथा वातावरणिय क्षेत्रमा काम गर्दै आएको छ । परिवर्तन आफैबाट सुरु गरौँ भन्ने उद्येश्यसाथ आहा तुलसीपुर अभियानले विभिन्न सकारात्मक सामाजिक गर्दै आएको छ ।