२०७९ मङ्सिर ७ गते बुधवार
२०७९ मङ्सिर ७ गते बुधवार

नेपाली कांग्रेस संसदीय दलको बैठक फागुन २१ गते

 

 

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
फागुन २१ गते शुक्रबार अपराह्न १ बजे संघीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

प्रतिनिधि सभाको फागुन २३ मा बस्ने बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे बैठकले रणनीति तय गर्नेछ।

नेकपाको प्रचण्ड(नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। प्रचण्ड(नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहकार्य प्रस्तावसमेत गरिसकेका छन्।

यसैबीच कांग्रेसले प्रतिनिधि सभा बैठक र संसदीय दलको बैठक बस्ने भएकोले उपत्यकाबाहिर रहेका सांसदलाई उपत्यका आउन पनि भनेको छ।