सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ झिम्पे दुदिल्य बस्तीमा आगलागी भएको छ ।
मंगलबार दिउँसो स्थानीय रैजेखोला चौखेढुंगा वनबाट सुरु भएको आगो मानव बस्तीमा पुग्दा स्थानीय ददिराम खत्रीका दुइ घर र मोहलाल शार्मका एउटा घर गरी ३ घर जलेर नस्ट भएका हुन् । आगलागीबाट घरमा भएको अन्नपात, तत्ताकपडा लगाएतका सामान जलेर नस्ट भएका छन् ।
त्यस्तै वनबाटै फैलिएको आगलागीबाट स्थानीय ज्ञान बहादुर वलीका बाहिर बाँधेका दुइवटा बाख्रा मरेका छन् ।
दिउँसो ३ बजेबाट सुरु भएको आगलागी राती १० बजेसम्म सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयहरुले नियन्त्रणमा लिएपनि फेरी आज बिहानैबाट वनक्षेत्रमा आगलागी सुरु भएको भएको छ।