२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ४ बालबालिकासहित ३८ को मृत्यु

कूमार्फत् सत्ता हत्याएको म्यानमारको सेनाले प्रदर्शनकारीमाथि दमन बढाएको छ। संयुक्त राष्ट्र संघका अनुसार बुधबारमात्रै सेना र प्रहरीले चलाएको गोली लागे कम्तिमा ३८ जनाको मृत्यु भएको छ। फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि भएका प्रदर्शनमा एकैदिन यति धेरै मानिस मारिएको यो पहिलो पटक हो। मृत्यु हुने ४ जना बालबालिकासमेत रहेको जनाइएको छ।

म्यानमारका छिमेकी देशहरूले जुन्ता सरकारलाई संयमता अपनाउन आग्रह गरेकै अर्को दिन सुरक्षाकर्मीहरूले देशका विभिन्न सहरमा प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएका हुन्।