२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

प्रचण्ड–माधव समूहलाई सरकार बनाउन सहयोग गर्न सकिन्छ : बरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार बनाउन प्रचण्ड–माधव समूहलाई सहयोग गर्न सकिने बताएका छन्।

नेपाल प्रेस यूनियन चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले प्रचण्ड–माधव समूहलाई सहयोग गर्ने विषयमा सकारात्मक हुन सकिने बताएका हुन्। कांग्रेसले अरूलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने उनको भनाइ छ।

‘कांग्रेसले आफ्नो हैसियतमा रहेर अरूलाई सरकार बनाउन सहयोग गर्नसक्छ, त्यसमा कांग्रेसको भूमिका अझ महत्वपुर्ण हुन्छ,’ उनले भने,‘ओलीलाई सरकार चलाउन सहयोग गर्न कांग्रेसलाई नैतिकताले दिँदैन, ओली बाहेक प्रचण्ड–माधव समूहलाई सहयोग गर्न सकिन्छ, यसबारे पोजिटिभ हुन छलफल हुन्छ।’​

​यस्तै, पौडेलले पार्टी सभापति देउवालाई प्रधानमन्त्री बन्न सजिलो नभएको बताए। देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ, छलफल गरेर निस्कर्ष निकाल्नुपर्ने उनले बताए।

‘अहिलेको स्थिति नाजुक छ, संकटपूर्ण अवस्थामा छ,’ उनले थपे, ‘संकटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिने रु कांग्रेस बाहेक अरूले भूमिका खेल्न सक्ने हैसियत देखेको छैन।’