२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

सहिद परिवारलाई अभिनन्दन

दंगिशरण गाउँपालिका वडा नं ५ ले सहिद परिवारलाई अभिनन्दन गरेको छ । दंगिशरण गाउँपालिका वडा नं ५ ले ५ जना सहिद परिवारलाई एक कार्यक्रमका विच अभिनन्दन गरेको हो ।

वडा अध्यक्ष दिपक गौतमको अध्यक्षता एवम् दंगिशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यतामा तथा नेकपा दंगिशरण वडा नं ५ का अध्यक्ष मोहनलाल गिरीको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

वडा सदस्य खिम बहादुर थापाको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा सहिद परिवारको तर्फबाट दिव्य ज्योति थापा महरा लगायत वक्ताहरुले वोलेका थिए। राष्ट्रियता, गणतन्त्र, संघियता, समावेशी लोकतन्त्र प्राप्तको लागि सहादत प्राप्त सहिदहरुको सम्झनामा सहित सप्ताहको अवसरमा ५ जना सहिद परिवारलाई अभिनन्दन गरिएको हो ।

कार्यक्रमको सहजीकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गरेका थिए ।