२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

नयाँ जनादेशबाटै कांग्रेसले मुलुकको नेतृत्व लिन्छः नेता थापा

नेपाली कांग्रेसका नेता गगन थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताएका छन्।

महोत्तरीको बर्दिवासमा बिहीबार कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभई आउने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुने नै आफ्नो दलको कार्यदिशा हुनपर्ने बताए।

अब नेकपाभित्रको किचलोमा खेलेर सरकारमा जान सट्टा प्रतिनिधि सभाको अब हुने चुनावबाटै मुलुकको नेतृत्व कांग्रेसले गर्न पर्ने थापाले बताए।

सभामा कांग्रेस नेतृ डिला सङ्ग्रौलाले नेकपाले जनादेशको अपमान गरेको र सत्ताको लुछाचुडीमा लागेर संसद् विघटनसम्म गरेको प्रसङ्ग राख्दै सर्वोच्चको फैसलाले बल्ल संविधान सही बाटोमा आएको उल्लेख गरेकी छन्।