२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

दाँच भाच्चिने गरी श्रीमतीलाई कुटपिट गर्ने श्रीमान पक्राउ

दाङको तुलसीपुरमा दाँच भाच्चिने गरी श्रीमतीलाई निर्घात कुटपिट गर्ने श्रीमान पक्राउ परेका छन् ।
सल्यानको सारदा नगरपालिका–१ श्रीनगर घर भइ हाल दाङको तुलसीपुर उपमहानगरपालिका –९ बेलुवा र रानीजरुवामा बस्दै आएका ४० बर्षका गुम बहादर चलाउनेलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।

गुमबहादुरको कुटपिटबाट आज विहान ७ बजे ३७ बर्षकी श्रीमती मंगली चलाउनेको दाँत भाच्चिएको छ भने अनुहार र शरिरका विभिन्न भागमा चोट लागेको छ । मंगलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

कुटपिट गरिमाग्ने मंगली जेठी श्रीमती हुन । आरोपी कान्छी श्रीमतीसंग रानीजरुवामा बस्दै आएको प्रहरीले बताएको छ ।