२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

वार्ता टोलीका सदस्यसँग भेटे विप्लवले


आज शुक्रबार सार्वजनिक भएका विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो वार्ता टोलीका सदस्यसँग भेटेका छन् ।
सरकार र विप्लव समूहको वार्ता टोलीबीच बिहीबार भएको ३ बुँदे सहमतिमा शुक्रबार हस्ताक्षर हुँदैछ । हस्ताक्षर समारोह सुरु हुनुअघि उनले आफ्नो वार्ता टोलीमा रहेका खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेसँग भेट गरेका हुन् । भेटमा शुक्रबार नै हिरासतबाट रिहा भएका नेता धर्मेन्द्र वास्तोला पनि सहभागी थिए ।

विप्लव हस्ताक्षर कार्यक्रममा सहभागी हुन शुक्रबार नै नवलपरासीबाट गाडी चढेर काठमाडौं आएका हुन् । राष्ट्रियसभागृहमा हुने हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।