बबईमा २ दिने क्षमता बिकास तालिमको उद्घाटन गरिएको छ ।
अन्तरपाटी महिला सन्जालको आयोजना तथा बबई गाउँपालिकाको आर्थिक सहयोगमा २ दिने क्षमता विकास तालिमको आज उद्द्घाटन गरिएको हो ।
बबई अन्तरपाटी महिला संजालका अध्यक्ष दिपा केसिको अध्यक्षता तथा बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर र पौडेलको प्रमुख अतित्यता तथा बबई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीष्म कुमार मल्लको बिशिस्ट आथित्यतामा कार्यक्रम भएको हो ।
तालिम भोलिसम्म चल्नेछ । तालिममा २५ जनाको सहभागीता रहेको छ ।
यसैगरी बबई गाउँपालिकामा कक्षा १ मा लागुभएको नयाँ पाठ्यक्रमका विषयमा शिक्षकलाई तालिम दिन सुरु गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तालिम सुरु भएको हो । शिक्षकलाई नयाँ पाठ्यक्रमको एकीकृत स्वरुप, पाठ्यक्रम कार्यान्वयनका लागि शिक्षकहरुलाई तालिम दिन सुरु गरिएको छ ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा कक्षा १ देखि ३ सम्मका विद्यार्थीको शिक्षा सुधारका लागि तालिम दिन सुरु गरिएको हो । शाखा प्रमुख मोहनलाल दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले शैक्षिक सुधारका लागि साना बालबालिकाको पढाईमा ध्यान दिन आग्रह गरे । बबई गाउँपालिकामा शिक्षाको सुधारका लागि प्रयास निकै भएको भन्दै त्यसमा शिक्षक, अभिभावक र विद्यार्थीको भूमिका महत्वपुर्ण हुने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ल, शिक्षा शाखाका रामचन्द्र वलीले बोलेका थिए ।
बबई गाउँपालिकाका रहेका प्राथमिक तहका शिक्षकहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण जनता माबि हंसपुरका प्रधानाध्यापक मोहनकुमार दाहालले गरेका थिए ।