२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

तुलसीपुरबाट लागु औषधसहित ३ जना पक्राउ

फाइल तस्बिर ।

तुलसीपुरको अटोभिलेजबाट लागु औषध ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ निबासी ३४ बर्षका रोशन खड्का, सोही ठाउँका २२ बर्षका डम्बर छिनाल र १८ बर्षका दुर्गा घर्ती रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक झलक प्रसाद शर्माको नेतृत्वमा गएको प्रहरीको टोलिले तुलसीपुर उपमहागनरपालिका–९ स्थित अटोभिलेजबाट दिउँसो ४ बजे पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट एक पत्ता ट्रामाडोल बरामद गरेको प्रहरीले जनाएको छ । ट्रामाडोल नशाको रूपमा प्रयोग गरिन्छ ।