२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

दिब्य ज्योतिले मनायो २४ औ बार्सिक उत्सब

तुलसीपुर १२ कचिला स्थित श्री दिब्य ज्योति बोर्डिङ स्कुलले अभिभावकहरु सहितको एक बृहत भेला गरि आफ्नो २४ औं बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न गरेको छ ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शक्ति कुमार शर्माको अध्यक्षता एबम लुम्बिनी प्रदेशका सांसद तथा बिद्यालय संचालक समितिका अध्यक्ष शंकर गिरिको उपस्थितमा भएको कार्यक्रममा बिद्यालयले बिभिन्न समयमा राखेका प्रतियोगिताका बिजेताहरुलाइ प्रमाणपत्र तथा मेडल प्रदान गरेको थियो । सांसद शंकर गिरिले बिद्यार्थि, अभिभावक र शिक्षक कर्मचारी तथा ब्यबस्थापन पक्षको समन्बयले मात्रै शिक्षा क्षेत्रको बिकास सम्भब रहेको बताउनु भयो ।

कार्यक्रममा बिद्यालय संचालक समितिका सदस्यहरु निम बहादुर केसि, बसन्त पोख्रेल, बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु तारा बहादुर कार्कि, बिमला केसि, शिक्षक अभिभावक संघका अध्यक्ष मदन कुमार वलि, पुर्ब प्राधानाध्यापक राज कुमार गौतम, तुलसीपुर ११ नम्बर वडा सदस्य तथा पुर्ब बिद्यार्थि सुबास डागि, अभिभावकहरु थम्मन योगि, दिलिप वलि लगायतले बिद्यार्थि तथा बिद्यालयको प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस अबसरमा योगाचार्य रबिन्द्र बस्नेतले योग सम्बन्धि प्रशिक्षण दिनुभएको थियो भने स्वर्गिय पुर्ब शिक्षक तोयानाथ योगि स्मृति अक्षकोष छात्रवृत्ति पुरस्कार स्वर्गीय तोयानाथका बुबा तारा प्रसाद भुसालले बितरण गर्नुभएको थियो ।बिद्यालयका शिक्षक चन्द्रमान खड्काको स्वागत मन्तब्यबात शुरु भएको कार्यक्रमको सहजीकरण बिद्यालयका पुर्ब प्राधानाध्यापक बिनोद बस्नेतले गर्नुभएको थियो ।