२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

हापुरेबाट ३ जना बालक ३ दिन देखि बेपत्ता

पश्चिमदाङको हापुरेबाट ३ जना बालक ३ दिन देखि बेपत्ता भएका छन् ।

घरबाट विद्यालय गएका ति बालकहरुर घर नफर्किएको परिवारले जनाएको छ । बबई गाउँपािलका वडा नं. ५ का हेमन्त खड्का, निम बहादुर मास्की, डम्बर सिरिस हराएको बताइएको छ । हापुरे स्थित जनकल्याण मा.बि. पदमपुरमा अध्ययनरत ३ बालक विद्यालय पोशाकमै हराएका छन् ।

हराएका बालकका परिवारले प्रहरीलाई खोजी गरिन दिन निवदेन दिएका छन् । हराएका बालक जनकल्याण मा.बि. पदमपुर लेखिएको विद्यालय पोशाकमै रहेको हुनाले भेटाउनु हुनेले सम्बन्धित व्यक्ति तथा नजिकको प्रहरी चौकीमा खवर गरिदिन आग्रह गरिएको छ ।

भेटाउनुहुने झुपु क्षेत्री ९८०९५९६४११, यज्ञ खड्का ९८१०९१२५७७ र गिता खड्का ९८२२९२८८०४ नम्बरमा सम्पर्क गरी सहयोग गरिदिन परिवारले सबैमा आग्रह गरेको छ ।