२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।

प्रधानमन्त्री ओलीले बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि ६५ वर्षमाथिका मानिसलाई खोप दिएर दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ ।

प्रधानमन्त्री ओलीले भारतबाट ल्याइएको कोभ्याक्स नै लगाउने छन् ।

यसैबिच आइतबार नै भारतबाट कोभ्याक्सको तीन लाख ४८ हजार डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।