२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

नगर विकास समिति घोराहीको भवन शिलन्यास

नगर विकास समिति घोराहीको प्रशासनिक भवनको शिलन्यास गरिएको छ । अहिले रहेको भवन पुरानो र जिर्ण बनेपछि नयाँ भवन निर्माण गर्न लागिएको हो ।

भवनको नगर विकास समितिका अध्यक्ष एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शिलन्यास गर्नुभएको हो ।

तल्लो तलामा एउटा हल र अन्य तीन कोठा बन्ने भएको छ । त्यसैगरी दोस्रो तल्लामा तीन वटा कोठा बन्ने छ । भवन निर्माणको जिम्मा सत्यम कन्ट्रक्सन प्रालीले लिएको छ । भ्याट सहित ५६ लाख ६९ हजार ९ सय ६६ रुपैयाँको लागतमा भवन निर्माणको जिम्मा लिएको र तीन महिना भित्र निर्माण सक्ने प्रालीका सञ्चालक बामदेव सुबेदीले जानकारी दिनुभयो ।

नगर विकास समितिको भवन पुराना हुँदै जाँदा पानी भचुईने र साघुँरो समेत भएपछि नयाँ भवन बनाउन लागिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।