२०७९ माघ ७ गते शनिवार
२०७९ माघ ७ गते शनिवार

कांग्रेस नेता दीपक गिरीलाई पितृशोक

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीलाई पितृशोक परेको छ ।

नेता गिरीका पिता लोकमणी गिरीको ८३ बर्षको उमेरमा निधन भएको हो ।

दम रोगबाट पिडित रहेका गिरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारक्रममा निधन भएको नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ का उपसभापती प्रमोद बस्नेतले जानकारी दिए ।

हिडेर आफै अस्पताल आएका गिरीको अकस्मात मृत्यु भएको हो ।