२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

कांग्रेस क्रियाशिल सदस्य छानबिन समितिका सदस्य गुरुङ दाङ आउँदै

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस केन्द्रिय क्रियाशिल सदस्य छानबिन समितिका सदस्य कल्याण गुरुङ भोली २३ गते दाङ आउने भएका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संयोजक समेत रहेका गुरुङ दाङ आउने भएकाले उपस्थितिका लागि नेपाली कांग्रेस दाङले सबैमा आग्रह गरेको छ ।

पार्टी कार्यालयमा उपस्थित भईदिन नेपाली कांग्रेस दाङले जिल्ला कार्य समिति, प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति, प्रदेशसभा क्षेत्रीय कार्य समिति, बर्तमान र पुर्व महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सबै तहका कार्य समितिका पुर्व पदाधिकारी एवम सदस्य, नगर, गाउँ, वडा कार्यसमिति, जनप्रतिनिधि, भातृसस्था, शुभेच्छुक सस्थां सबैमा अनुरोध गरेको छ ।