२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

गिरीको श्रद्धाञ्जलीका लागि महामन्त्री कोइराला आउँदै

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीको बुवाको श्रद्धाञ्जली सभामा सहभागी हुन नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला तुलसीपुर आउने भएका छन् ।

नेता गिरीका पिता लोकमणी गिरीको ८३ बर्षको उमेरमा निधन आज शनिवार निधन भएको छ ।

भोली विहान तुलसीपुरको पार्टी कार्यालयमा हुने श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन महामन्त्री कोइराला आउन लागेको नेपाली काँग्रेस क्षेत्र नं. ३ का उपसभापती प्रमोद बस्नेतले जानकारी दिए ।

श्रद्धाञ्जली कार्यक्रममा सहभागी भई दिन नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुेभच्छुक सबैमा आग्रह गरिएको छ ।