२०७९ मङ्सिर ६ गते मङ्गलवार
२०७९ मङ्सिर ६ गते मङ्गलवार

बबईको च्याँटीखोलामा टेक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

 

फाइल तस्वीर ।

पश्चिम दाङ बबईको च्याँटीखोलामा टेक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिवार  तुलसीपुरबाट सिमेन्ट लिएर हापुरे आउँदै गरेको रा १ त २६० नम्बरको टेक्टर बबई गाउँपालिका–६ च्याँटीखोलामा पल्टिएको ईलाका प्रहरी कार्यालय तुलसीपुले जानकारी दिएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरी निबासी १८ बर्षका सुरेश बस्नेत रहेका छन् । गम्भिर घाइते भएका बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटौमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।