२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

बँदेलको आक्रमणबाट एक युवक घाइते

जंगली बँदेलको आक्रमणबाट कञ्चनपुरका एक युवक घाइते भएका छन् । शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाका ३३ वर्षीय धनबहादुर बोहरा घाइते भएका हुन् । उनलाई बँदेलले आइतबार बिहान आक्रमण गरेको हो।

आक्रमणबाट सख्त घाइते भएका बोहराको झलारीस्थित शुक्लाफाँटा पोलिक्लिनिकमा उपचार भैरहेको छ। उनको घाँटी, हात र खुट्टामा गहिरो घाउ भएको छ। आँगनमा खेल्दै गरेका बालकलाई बचाउन खोज्दा आफूलाई बँदेलले एक्कासी आक्रमण गरेको बोहोराले बताए।

बँदेल गाउँ नजिकै रहेको सामुदायिक वनबाट आँगनमा आइपुगेको स्थानीयहरू बताउँछन्। बँदेलले गहुँ बालीमा नोक्सानी समेत पुर्‍याउन थालेको छ।