२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

प्रचण्डलाई संसदीय दलको नेता बनाउन अस्वीकार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता बनाउन अस्वीकार गरेको छ।

सचिवालयका महासचिव डां भरतराज गौतमले प्रचण्डलाई संसदीय दलको नेता मान्‍न अस्वीकार गरेका हुन्।

पार्टी अध्यक्ष दाहाल, माधवकुमार नेपालसहितका नेताहरू संसदमा जानकारी गराउन पुगेका थिए। संसद् बैठक बस्नुअघि बहुमत सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा यसबारे जानकारी गराएको थिए।

यस्तै, बहुमत सांसदहरूको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका प्रमुख सचेतक पनि आधिकारिक नभएको दाबी गरिएको छ। उनीहरूले सचेतकमा देव गुरुङ नै यथावत् भएको दाबी गरेका हुन्।

शुक्रबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो। बैठकमा १ सय १५ जना सांसद् उपस्थित भएको दाबी गरेका छ।​