२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आयो : प्रचण्ड

नेकपा प्रचण्ड – माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टीबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् ।

सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने बताए ।

सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गर्दै ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो ।