२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

नेकपाबारे सर्वोच्चको फैसला पुग्यो निर्वाचन आयोगमा

नेपाल कम्युनिष्ट पार्टीको नाम ऋषि कट्टेललाई दिने सर्वोच्च अदालतको निर्णय निर्वाचन आयोगमा पुगेको छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै अदालतको फैसला कार्यालय समयमै आइपुगेर दर्ता भएको जानकारी दिएका छन्।

यसअघि आजै सर्वोच्च अदालतले नेकपाको नाम विवादमा फैसला गर्दै २०७५ जेठ ३ गते भएको तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकतालाई पनि खारेज गरिदिएको थियो।