२०७९ मङ्सिर ६ गते मङ्गलवार
२०७९ मङ्सिर ६ गते मङ्गलवार

महिला दिवसमा उपमहानगरद्वारा किशोरीलाई साईकल वितरण

१ सय ११औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिकाले किशोरीहरुलाई साईकल वितरण गरेको हो । महिला बालबालिका तथा सामाजिक बिकास शाखाले एक कार्यक्रमको आयोजना गरी बिद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरेको हो ।

उपमहानगरपालिकाको अनुसार पहिलो चरणमा ५४ जना छात्रालाई साईकल वितरण गरिएको छ । तुलसीपुर क्षेत्रका सामुदायिक बिद्यालयमा कक्षा ८ देखी १२ सम्म अध्ययनरत छात्रालाई साईकल दिईएको हो । घण्टौ समय पैदल हिडेर बिद्यालय सम्म पुग्ने किशोरीहरुको छनोट गरी साईकल वितरण गरिएको हो । साईकल हस्तान्तरण नगर प्रमुख घनश्याम पाण्डेले गर्नु भएको हो ।

साथै तुलसीपुर बजार क्षेत्रमा साईकल र्यालीको समेत आयोजना गरिएको छ । ‘