२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

देउखुरीमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

फाइल तस्वीर ।

दाङको देउखुरीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक लमही नगरपालिकाका तिलक थापा र पछाडि बस्ने प्रकाश थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बस्ने प्रकाशको घटनास्थलमा नै ज्यान गएको र चालक तिलक थापाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।