२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

बाँकेको सुइया गाउँमा आगलागी हुँदा १६ घर जलेर नष्ट

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ स्थित सुइया गाउँमा आगलागी भएको छ। आज बिहान भएको आगलागीका कारण कम्तीमा १६ घर जलेका प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणको प्रयास भइरहेको छ। स्थानीय मनिजर पासीको फुसले छाएको घरबाट आगलागी सुरु भएको जानकारी स्थानीय बासिन्दाले दिइको प्रहरीले जनाएको छ।

अहिले स्थानीय बासिन्दा र प्रहरी मिलेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। आगलागीमा मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ।