अदालतले एमाले र माओवादीलाई अगल गरिदिएपछि पार्टी कार्यालयका बोर्डहरु परिवर्तन हुन थालेको छ।
साविकको एमालेको नेपालगञ्जस्थित पार्टी कार्यालयमा राखिएको नेकपाको बोर्ड हटाइएको छ। एमाले कार्यकर्ताहरुले नेकपा एमाले लेखेको बोर्ड राखेका छन्।
अदालतले एमाले र माओवादीलाई अलग गरेपछि आइतबार नै साँझ पार्टी कार्यालयमा आएर दीप प्रज्वलन गरेका कार्यकर्ताले सोमबार साइड बोर्ड परिवर्तन गरेका छन् ।
नेताहरु देवराज भार, सूर्य ढकाल, किस्मत कक्षपति, प्रमोद धिताल, दत्तप्रसाद आचार्य, अशोक कर्माचार्यलगायतको टोलीले पार्टी कार्यालयमा पुगेर साइड बोर्ड परिवर्तन गरेका हुन् ।
नेकपामा ओली र प्रचण्ड–नेपाल पक्षका बीचमा तिब्र घोचपेच र प्रदर्शन गर्ने प्रतिस्पर्धा हुँदा नेपालगञ्ज पार्टी कार्यालयमा दुवै समूहले कार्यक्रम गरेका थिएनन्।
बाँकेमा एमालेका जिल्ला अध्यक्ष अशोक कोइराला माधव नेपाल खेपाका हुन् । नेकपा भएपछि माओवादीका आइपी खरेल जिल्ला अध्यक्ष भएका थिए ।