२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

नेकपाको जिल्ला पार्टी कार्यालय दाङमा एमालेको बोर्ड राखियो

नेकपा(एमाले)ले दाङको पार्टी कार्यालयमा आफ्नो बोर्ड टाँगेको छ । सोमबार दाङको घोराही स्थित पार्टी कार्यालयमा बोर्ड टाँसेको हो ।

नेकपा एमालेका नेता मेनका पोखरेल, हुकुम बस्नेत लगायतका नेता, कार्यकर्ताहरु पार्टी कार्यालय घोराही पुगेर बोर्ड टाँसेका हुन ।

देशभर कार्यालयहरुमा एमालेले आफ्नो बोर्ड टाँग्ने कार्य गरेको छ ।