२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

कोमल वलीले रघुजी पन्तविरुद्ध दायर गरिन् गाली बेइज्जतीको मुद्दा

राष्ट्रियसभा सदस्य कोमल वलीले आफूमाथि ‘लैङ्गिक हिंसाजन्य’ अभिव्यक्ति दिएका नेकपा एमालेका नेता रघुजी पन्तलाई क्षमा दिन नसक्ने बताएकी छन् ।

उनले पूर्वमन्त्री पन्तविरुद्ध मंगलबार जिल्ला अदालत, काठमाडौंमा मंगलबार गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेकी छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पन्तको अभिव्यक्तिले आफूलाई चोट पुगेको बताए ।

पन्तले सरी भनिसकेकाले माफी दिन सकिन्नथ्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्, ‘उहाँले मसँग माफी माग्नु भएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नु भएको छ । तर यस्तो शब्द प्रयोग गर्नु भएको छ, त्यो क्षम्य हुने खालको छैन ।’

आफू मात्र नभई समग्र आमा दिदीबहिनीलाई चोट पुगेकाले मुद्धा दर्ता गर्ने निर्णयमा पुगेको बताए ।