२०७९ मङ्सिर ७ गते बुधवार
२०७९ मङ्सिर ७ गते बुधवार

लमहीमा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

दाङमा भारतीय नागरिक प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका छन् । भारतको जिल्ला सराबस्ती थाना भरन्गा निवासी २३ वर्षीय शंशाद राजा लमही दाङबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले बताए ।

पछिल्लो समय लमही नगरपालिका वडा नं. ७ कप्तानगंजमा डेरा गरि बस्ने राजालाई प्रहरीले सोमबार बिहान ४ ग्राम ३ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।

राजालाई प्रहरीले कप्तानगंजबाट सोमबार बिहान साढे १ बजे सुराकीको आधारमा पक्राउ गरेको रिजालले बताए ।

प्रहरीले उनको साथबाट २ लाख ४५ हजार नगद र भन्सार छलेर ल्याएका कुर्ता ३१ थान, तन्ना १० थान र धोति ३ थानसहित ४२ थान कपडा बरामद गरेको थियो । पक्राउ परेका ब्यक्ति उपर लागुऔषध सम्बन्धि मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।