२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग सरकार, संसद सञ्चालनलगायतका विषयमा वार्ता गर्ने भएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकार, संसद सञ्चालन र संविधान कार्यान्वयनको समग्र प्रक्रियाबारे विपक्षमा भएका दुबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

‘नेकपा एमालेसँग आवश्यकताअनुसार वार्ता गर्छौं’ नेता नारायणकाजी श्रेष्ठले भने । उनका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे कुनै निर्णय भएको छैन ।