फाइल तस्वीर ।
कोरोना महामारीका कारण गत वर्ष स्थगित एकसिंगे गैंडा गणना चैत ९ देखि सुरु हुँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु गर्ने निर्णय गरेको विभागका सूचना अधिकारी तथा पर्यावरणविद् हरिभद्र आचार्यले बताए ।
वन तथा भूसंरक्षण विभाग तथा प्राविधिक सहयोग गर्ने संस्थाहरू राष्ट्रिय प्रकृति संरक्षण कोष ९एनटीएनसी०, डब्लूडब्लूएफ नेपाल र जेडएसएल नेपाललगायतका प्रतिनिधि र विशेषज्ञसँग आइतबार छलफल गरी विभागले गणनाको मिति तय गरेको हो ।
हरेक ५ वर्षमा गैंडा गणना गरिन्छ । गत वर्ष विभागले चैत १० देखि गणना गर्ने गरी सबै प्राविधिक तयारी पूरा गरे पनि लकडाउन घोषणापछि रद्द गरिएको थियो । गैंडा पाइने निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकहरूले एक–एक गरी गैंडा गन्छन् । यसका लागि हात्ती, दूरबिन र क्यामेरालगायतको प्रयोग गरिन्छ । गैंडाको संख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन गैंडा गणना गरिन्छ । गणनाको निष्कर्षअनुसार संरक्षणको रणनीति अपनाइन्छ ।