२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्‍याउन मन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिएका छन्।

मंगलबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताए।

कुनै पनि हालतमा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव हुन नदिनेगरी पुस्तकको प्रकाशन गर्न उनले निर्देशन दिए।

समयमै पुस्तक छापेर पहिले दुर्गम ठाउँहरूमा पुर्‍याउन पनि उनले निर्देशन दिए।