२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

राष्ट्रिय परीक्षा बोर्डले एसई आगामी जेठमा हुने एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।

आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म एसईई सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन जेठ १३ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ ।

एसईई परीक्षा तालिका

कोरोना महामारीले पठनपाठन प्रभावित बनेपछि चालु शैक्षिक सत्रलाई जेठ मसान्तसम्म कायम गरिएको छ । जसका कारण दुई महिना ढिलो गरी एसईईको मिति तोकिएको हो । सरकारले साविककै शैलीमा बोर्डले एसईई सञ्चालन गर्ने निर्णय पनि गरिसकेको छ ।

त्यस्तै बोर्डले जेठ २६ देखि असार ४ सम्म कक्षा १२ को परीक्षा लिने निर्णय गरेको छ । कक्षा १२ को परीक्षा पनि बिहान ८ बजेदेखि ११ बजेसम्म नै सञ्चालन हुने बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा तालिका