२०७९ मङ्सिर ७ गते बुधवार
२०७९ मङ्सिर ७ गते बुधवार

महिला दिवसमा विविध प्रतियोगिता

अन्तराष्ट्रिय महिला दिवसको अबसर पारेर तुलसीपुर ११ नम्बर वडा कार्यालयले विविध प्रतियोगिताहरु सम्पन्न गरेको छ ।

महिला वडा सदस्य निर्मा चौधरीको अध्यक्षता तथा वडा अध्यक्ष चित्र बहादुर वलीको प्रमुख आतिथ्यमा महिला दिवसको अवसरमा महिलाहरुबिच बक्तित्वकला, कुर्सी दौड र घैँटा फोर प्रतियोगिताको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै वडा सदस्यहरु घनश्याम गौतम, सुबास डाँगी, अमर माबि उरहरिका सहायक प्रअ क्षेत्र बहादुर गिरी, शिद्धेश्वरि महिला सहकारी संस्थाकी अध्यक्ष शुस्मा शाह, अमर माबिकी शिक्षिका गोमा बालन क्षेत्री, वडा कार्यालयकी लेखापाल उषा भुसाल लगायतले महिलाहरुको अधिकारलाई कार्यान्वयन गर्नका लागि सबैले ध्यान दिनुपर्ने बताउनु भएको थियो ।

वडा सचिब लक्ष्मी रानाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वडाकी कर्मचारी लक्ष्मी चौधरीले गर्नुभएको थियो ।