२०७९ मङ्सिर ११ गते आइतवार
२०७९ मङ्सिर ११ गते आइतवार

बालिकामाथि र्दुव्यवहार गरेको आरोपमा तुलसीपुरमा शिक्षक पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित उरहरी माविमा अध्ययनरत छात्राहरुलाई हातपात गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा प्राबि तहका शिक्षक पदम ओली रहेका छन् ।

उनलाई कक्षा ६ मा अध्ययनरत दुई जना छात्राहरुको सम्वेदनशील अंग छोएको आरोप लागेको छ । आईतबार ति छात्राहरुले टाउको दुखेको भनि ति शिक्षकलाई जानकारी गराएपछि उनले चेकजाँचको नाममा सम्वेदनशील अंग छोएको आरोप लगाएका छन् ।

उनलाई बुधबार पक्राउ गरि ईलाका प्रहरी कार्यालय तुलसीपुर ल्याईएको छ । यस अघि पनि ति शिक्षकले विद्यार्थीहरुमाथि हातपात गर्ने गरेको भनि विद्यार्थीहरुले आरोप लगाएका छन् ।