२०८१ असोज १९ गते शनिवार
२०८१ असोज १९ गते शनिवार

बोर्ड र नेमप्लेट राख्‍ने विषयमा ओली र माधव समूहबीच झडप

सुदूरपश्चिममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच झडप भएको छ।

सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा बोर्ड र नेमप्लेट राख्‍ने विषयमा विवाद भएपछि दुई समूहबीच झडप भएको हो।

आज बिहान नेकपा एमालेको माधव समूहले पार्टी कार्यालयमा राखेका बोर्ड ओली समूहले हटाएर नयाँ बोर्ड राखेको थियो।

ओली समूहले सुदूरपश्चिम इन्चार्जको कार्यकक्षमा लेखराज भट्टको नेमप्लेट राखिएको थियो भने अध्यक्षमा कर्णबहादुर थापाको नेमप्लेट राखिएको थियो।

माधव समूह आएर उक्त नेमप्लेट हटाउने क्रममा विवाद हुँदा झडप भएको जनाइएको छ।

नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भिम रावल र अध्यक्ष भानुभक्त जोशी रहेका थिए।

झडप भएको स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।