२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

बर्दियामा घाँस काटिरहेकी महिलाको बाघको आक्रमणबाट मृत्यु

फाइल तस्वीर ।

बाघ आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ। मधुवन नगरपालिका वार्ड नम्बर ३ भग्ग्रैया स्थित खाता सामुदायिक वनक्षेत्रमा घाँस काट्न गएकी २७ वर्षीया रिना सुनारको बाघको आक्रमणमा परी मृत्यु भएको हो।

नेपाल भारत सीमाको पिलर नम्बर ८४ र ८५ को बीचमा साथीहरुसँगै घाँस काटिरहेको अवस्थामा सुनारलाई बाघले तानेर लगेको डिभिजनल वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले बताए। बाघले महिलाको घाँटी र छातीको मासु खाएको अवस्थामा शव भेटिएको छ। उनले भने मृतक महिला कोठियाघाट निवासी हुन्।

पछिल्लो समय बर्दियामा बाघ आक्रमणको क्रम बढेको छ। खाता क्षेत्रमा हालसम्म ६ जनाले बाघ आक्रमणमा ज्यान गुमाइसकेका छन्। यतिखेर बर्दिया क्षेत्रका स्थानियहरु बाघदेखि त्राहीत्राही छन्।