२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

लुम्बिनी कांग्रेसले अन्य दलसँग छलफल गर्न बनायो कार्यदल

फाइल तस्वीर ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरूले कार्यदल गठन गरेका छन्।

प्रदेशको स्थायित्व, दीगो विकास र संघीयताको सफल कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलहरूसँग आवश्यक छलफल गर्न तीन सदस्यीय कार्यदल गठन भएको हो।

प्रमुख सचेतक फखरूद्दिन खान, वीरबहादुर राना र रमा अर्याल रहेको कार्यदल गठन गरिएको संसदीय दलका नेता वीरेन्द्रकुमार कनोडियाले बताए।